12 months ago
March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।
यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो ।
जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत एक स्थान तल झर्दै ६६औं स्थानमा छ । यस्तै बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८ माल्दिभ्स १६१, भुटान १७३औं स्थानमा छन् ।
विश्वकप विजेता स्पेन शीर्षस्थानमा कायमै छ । यस्तै इङ्ल्यान्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौ स्थानमा रहेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]