9 months ago
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको समूह विभाजनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश एकै समूहमा परेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुँदैछ । यसपटक हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्दैछन् ।
विहीबार काठमाडौंस्थित क्राउन प्लाजा होटेलमा भएको मुख्य प्राविधिक बैठकमा समूह विभाजन गरिएको हो । महिलातर्फ गत वर्षको शीर्ष २ टोलीलाई फरक समूहमा राखिएको थियो । त्यस्तै पुरुष तर्फ गत संस्करणको शीर्ष ४ स्थानमा आएका टोलीलाई ४ फरक समूहमा राखिएको थियो ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश समूह ए मा रहँदा समूह बी मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश रहेका छन् ।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।
समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।
हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् । पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । यससँगै च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गरेको छ । लगातार छैटौं वर्ष साथ दिएको वाणिज्य बैंकले संघलाई मुख्य प्रायोजन वापत १८ लाख रुपैयाँ प्रदान गर्नेछ । प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही समान १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]