default_image

7 months ago

February 13, 2024

मणिमुकुन्द भलिबल – पुलिस समूह विजेता

2664 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

रूपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल पुलिस क्लब समूह ए को विजेता बनेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार विहान कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि पुलिस समूह विजेता बनेको हो । पुलिसले कोशीलाई २५–१७, २५–१५ र २५–१३ ले पराजित ग¥यो ।

पुलिसले यसअघि भएका खेलमा त्रिभुवन आर्मी क्लब, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशलाई पराजित गरेको थियो । पुलिसले समूह बीको उपविजेतासँग सेमिफाइनल‌ खेल्ने छ ।

आजै आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने खेलको‌‌ नतिजाबाट समूह एको उपविजेताको टुंगो लाग्नेछ । समूहमा आर्मी र कोशीले समान २ खेल जितेका छन्।
यी दुबै टिमले ४ खेलमा २–२ खेल जितेका छन् ।

मधेश प्रदेश, सुदुरपश्चिम र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । मंगलबार समूह ‘बी’ मा बागमती प्रदेश र एपिएफ, तथा गण्डकी‌ प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने छ ।

प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि प्रतिप्रस्पर्धा गराइएको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.