default_image

8 years ago

January 27, 2017

एसियाली सेन्ट्रल जोन छनोट महिला भलिबलमा नेपालको विजयी सुरुआत

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा शुक्रबार आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । नेपालले एकपक्षिय खेलमा २५–१७,२५–१७ र २५–१३ ले विजयी भएको नेपाल भलिबलकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन् ।

volley-ball
तीन राष्ट्रको सहभागिता रहेको छनोटमा शनिबार नेपालले इरानको सामना गर्नेछ । माल्दिभ्स र इरानबीच आइतबार खेल हुनेछ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने प्रतियोगितामा नेपाली महिला टोलीले भाग लिन लागेको यो पहिलो पटक हो । नेपालको पुरुष टोलीले भने दुई पटक एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ ।
लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको तथा रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइकमा छन् । कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भूमिका निर्वाह गर्नेछन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिबे्ररोमा कमला पुन रहेका छन् ।

February 2, 2025

नेपाल लगातार तेस्रो खेलमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ । नेपालले सिरिजमा लगातार तेस्रो खेलमा हार बेहोर्ने क्रममा आइतवार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो । नेपालले बिहीवार पनि नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो । आज १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै […]

February 2, 2025

एपिएफलाई हराउँदै आयोजक टाइगर पहिलोपटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टोली टाइगर ग्रुपले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित फाइनल खेलमा साविक विजेता एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले […]

February 2, 2025

सिताको कीर्तिमानी बलिङमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी बलिङको सहयोगमा महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालले नेदरल्याण्ड्सबाट १ सय ४१ रनको लक्ष्य पाएको हो । कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० […]

Success

Thank you for your time.