8 years ago
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल आर्मीले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–२३ र २५–२३, २५–१७ ले हराउँदै उपाधि जितेको हो ।
गत बर्ष पहिलो पटक आयोजित प्रतियोगिता पनि आमीले नै जितेको थियो । लिग चरणदेखि फाइनल सम्म एक सेट पनि नगुमाइ हामी च्याम्पियन बनेको हो ।
व्यक्तिगत पुरस्कारमा पनि आर्मीकै खेलाडीको बाहुल्यता रह्यो । आर्मीका मानवहादुर श्रेष्ठ सर्बोत्कृष्ट खेलाडी घोषित भए र उनले बजाज कम्पनीको पल्सर मोटरसाइकल प्राप्त गरे । आर्मीका धन बहादुर भटृ बेष्ट स्पाईकर, कप्तान हरिहजुर थापा बेष्ट ब्लकर, इश्वर थापा मगरले बेस्ट डिफेन्डर घोषित भए । पुलिसका कप्तान इम राना मगर बेस्ट सेटर चुनिए । आर्मीका जगदिश भट्ट उत्कृष्ट प्रशिक्षक चुनिए । विधागत उत्कृष्ट र प्रशिक्षक भटृले समान नगद १० हजार पुरस्कार प्राप्त गरे ।
च्याम्पियन आर्मीले उपाधिसहित .३ लाख, पुलिसले १ लाख ५० हजार र तेस्रो पश्चिमाञ्चल भलिबल संघले ७५ हजार रुपैयाँ प्राप्त गरे । प्राप्त ग¥यो । उपविजेता पुलिसले १ लाख ५० हजार तथा तेस्रो भएको पश्चिमाञ्चल भलिबल संघले ७५ हजार नगद प्राप्त गर्यो ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री,राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशवकुमार विष्ट,राखेपका पूर्व सदस्य–सचिव जिवनराम श्रेष्ठ र गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष अमिताभ अग्रवाल लगायतले पुरस्कृष्त गरे । माघ ९ देखि भएको प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस, एपिएफ, पाँच विकास क्षेत्र गरि आठ टोलीको सहभागिता थियो ।
पूर्व खेलाडी विजय र अक्कल सम्मानित
सेनाले राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी विजय विक्रम खड्का र अक्कलबहादुर चन्दलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । नेपाली सेनामा कार्यरत रहदा सन् १९७७ मा चिनमा आयोजना भएको एसियन भलिबल खेलमा खड्का र चन्दले नेपालको प्रतिनिधित्व गरेका थिए । खड्काले नेपाली सेनाका सहायक रथी र चन्दले सेनानीबाट अवकास पाएका थिए । प्रधान सेनापति क्षेत्रीले खड्का र चन्द अवार्डबाट सम्मानीत गरे ।
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]