default_image

7 months ago

February 10, 2024

नेपाली युवा टोली र युशु युवा टोली बीचको खेल आज 

313 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चिनियाँ किङ्घाइ प्रान्तको युशु युवा टोली बीच आज मैत्रीपुर्ण खेल हुँदै छ । खेल नेपाली समय अनुसार दिनको ३ बजे दशरथ रंगशालामा सुरु हुने छ ।

टोलीलाई प्रशिक्षण गरिरहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्सीय युवा टोली घोषणा गरिसकेका छन् । टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य रहेका आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन लिम्बू जस्ता खेलाडीहरु पनि रहेका छन् ।नेपाली टोलीको कप्तानी मनिष डाँगीले गर्ने छन् । 

खेल अगाडि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शो लगायत अन्य कार्यक्रम समेत रहेको एन्फाले जनाएको छ । 

एन्फाले टिकट मूल्य समेत निर्धारण गरिसकेको छ । साधारण तर्फ टिकटदर रु ३०० र भिआईपि तर्फ रु ५०० निर्धारण गरिएको छ । टिकट खरिद गर्ने दुई जना भाग्यशाली दर्शकका लागि काठमाडौँ-ल्हसा-काठमाडौँको हवाई टिकट समेत प्रदान गरिने एन्फा जानकारी दिएको छ । 

नेपालस्थित चीनको दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । मैत्रीपूर्ण खेलको आयोजक अखिल नेपाल फुटबल संघ र नेपाल ओभरसिज चाइनिज एसोसिएसन रहने छन् ।

नेपाली टोली:

गोलकिपर: पूजन होना, विशाल सुनार, सन्तोष महत

डिफेन्डर: पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, आशिक बाबु, सुमित श्रेष्ठ, विशाल बस्नेत

मिडफिल्डर: आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बू, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, कुशल देउवा

फरवार्ड: समिर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनिष डाँगी

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.