default_image

8 years ago

January 27, 2017

सम्झना कप टेबल टेनिसको महिला एकलको सेमिफाइनलमा विभागिय खेलाडी मात्रै

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय खेलाडी मात्र सम्झना कप खुला टेबल टेनिसको महिला एकलको सेमिफाइनलमा पुगेका छन् । एपिएफकी सिक्का सुवाल र अनिता महर्जन तथा नेपाल पुलिसकी एलिना महर्जन र आर्मीकी रविना महर्जन बुधबार अन्तिम चारमा पुगेका हुन् ।

सम्झना कप खुला टेबलटेनिसमा सुजाता दुवाल ।

सम्झना कप खुला टेबलटेनिसमा सुजाता दुवाल ।

प्रहरीकी एसिलानले एपिएफकी एलिना राईलाई ४–१, सिक्काले आर्मीकी सनिता श्रेष्ठलाई ४–०, अनिताले पुलिसकी सुजाता दुवाललाई ४–२ र रविनाले एपिएफकी सोनु थापा मगर ४–१ ले हराएकी थिइन् । क्वार्टरफाइनलमा हार्ने पनि सबै विभाग कै खेलाडी हुन् ।
सातौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता श्यान्टु श्रेष्ठ, एपिएफका शिव सुन्दर गोथे पुरुष एकलको क्वार्टरफाइनलमा पुगेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा श्यान्टूले काठमाडौंका निहाल श्रेष्ठलाई ४–० ले शिवले एभिएमका सन्योग कपालीलाई ४–० ले हराए । नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुषकै अन्य खेलमा एपिएफका चन्दन शाही, पुलिसका प्रदीप रोका, आर्मीका मणिकुमार, एपिएफका अमर लाल श्रेष्ठ, लिभरपुलका नारायण घिमिले र एपिएफका विलोश श्रेष्ठ पनि अन्तिम आठमा पुगेका छन् ।

चन्दनले प्रहरीका राकेश महर्जनलाई ४–२, प्रदीपले काठमाडौंका नरेश रावललाई ४–३, आर्मीका मणिकुमारले एपीएफका उमेश मानन्धरलाई ४–१, अमरलालले काठमाडौंका घनश्याम शर्मालाई ४–०, नारायणले एपीएफका राजिव चिकबन्जारलाई ४–३ तथा एपीएफका विलोश लिभरपुलका रितिज जोशीलाई ४–३ ले हराएका थिए । पुरुष र महिला एकलको विजेताले २० हजार, दोस्रो हुनेले १० हजा तेस्रो हुनेले ३÷३ हजार रुपैयाँ पाउनेछन् ।

आइतबार सम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजक सम्झना लेबोरेटरी क्लिनिकका निर्देशक उर्दिप जोशी र आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले प्रतियोगिता उद्घाटन गरेका थिए ।

March 14, 2025

विवादित एनओसीद्वारा सरकारको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.