default_image

11 months ago

February 9, 2024

उत्कृष्ट प्रशिक्षकको अन्तिम मनोनयनमा गुरुङसँगै टमाटा र महर्जन

434 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट प्रशिक्षकको अन्तिम मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । वर्षका उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई, फुटबलका अनन्त थापा र भगवती रानागमर, भलिबलका भरत शाह र पौडीका ओङ्देन लामा अन्तिम मनोनयमा परेनन् ।

चन्द्र गुरुङ (एथलेटिक्स)

– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य
–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक

दीपक महर्जन (बक्सिङ)

– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।

जगत टमाटा (क्रिकेट)

– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी विश्वकप क्रिकेटमा पुग्न सफल

यस्तै वर्ष पुरुष खेलाडीमा क्रिकेटका आसिफ शेख र रोहित पौडेलसँगै एथलेटिक्सका दीपक अधिकारी परेका छन् । वर्षका उत्कृष्ट युवा खेलाडी अवार्डका लागि क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ छन् । वर्षका उत्कृष्ट खेलाडी महिलामा बास्केटबलकी अनुशा मल्लसँग एथलेटिक्सकी पुष्पा भण्डारी र राजपुरा पछाई प्रतिस्पर्धामा छन् ।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेको बताइएको छ ।

पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक हुँदै मतदान प्रक्रियामा छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा छन् ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

December 27, 2024

मेलम्चीमा राष्ट्रिय खुला कराते प्रतियोगिता हुने

मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]

December 27, 2024

एनओसीका नयाँ अधिनायकवादी र मतियारहरु

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदको एउटा प्रवृत्ति नै छ । अनेक तानावाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]

December 27, 2024

स्युचाटार क्रिकेट लिग – किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ । लिग अन्तर्गत पहिलो दिन ६ वटा खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएका ६ खेलमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन, चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन् । काठमाडौंको स्युचाटारस्थित तारकेश्वर युवा […]

Success

Thank you for your time.