default_image

7 months ago

February 8, 2024

एपिएफ स्थानीय तह सहिद स्मृति गोल्डकप फाइनलमा

2012 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैटौं स्थानीय तह सहिद स्मृति गोल्डकप मकवानपुर फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल पुगेसँगै एपिएफले कम्तीमा १० लाख रुपैयाँ पक्का गरेको छ। गौरिटारमा बिहीबार भएको सेमिफाइनलमा बागमती युथ क्लबलाई ४-० ले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

शनिबार हुने फाइनलमा एपिएफले सहिद स्मारक ए डिभिजन टोली एनआरटीको‌ सामना गर्नेछ। धनकुटाको राजारानी क्लबलाई सडन डेथमा हराउँदै एनआरटी बुधबार फाइनल पुगेको थियो।

एपिएफलाई जित दिलाउन अनिश महर्जन, प्रदीप लामा, सर्ज सङ र फोडे फोफानाले समान १ गोल गरेका थिए। अनिशले ४४औं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। विपक्षी किपरले पन्च गरेको रिबाउन्ड बलमा पेनाल्टी बक्स भित्रबाट अनिशले हेड मार्फत गोल गरेका थिए।

दोस्रो हाफ सुरुवातबाटै एपिएफलाई‌ दबाब दिदै गोलको प्रयास सफल भएन। एपिएफ ६१ औं मिनेटमा अर्को गोल थप्दै थप मजबुत बनेको थियो। क्रसमा आएको बललाई पेनाल्टी बक्समा रहेका प्रदीपले पोष्ट दिशा दिएका थिए।

सङले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेका थिए। क्रसमा आएको बलमा‌ पेनाल्टी बक्स भित्रबाटै सँगले गोल गरेका थिए। इन्ज्युरी समयको पहिलो मिनेटमा फोफानाले गोल गर्दै जितलाई सहज बनाएका थिए।

मकवानपुर जिल्ला फुटबल संघको आयोजित प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.