default_image

5 months ago

February 4, 2024

सिमा र टंकलाई दौउखुरी दौडको उपाधि

629 views

0 Bookmark

सुमन अधिकारी,दाङ

दौउखुरी ५ किमी दौडको उपाधि महिलातर्फ नेपाल एपिएफ क्लबकी सिमा चौधरी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका टंक कार्कीले जितेका छन् । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतबार आयोजित दौडमा झण्डै ३ सय जनाले भाग लिएका थिए ।

सिमाले १९ मिनेट ३९.०४ सेकेन्डमा दौडी पूरा गर्दै उपाधि जितेकी हुने । नेपाल पुलिस कलबकी की सुमित्रा चौधरीले २० मिनेट ०१.०९ सेकेन्डमा दूरा पूरा गर्दै दोस्रो स्थान तथा कमला ओलीले (२० मिनेट २८.०६ सेकेन्ड) तेस्रो स्थान प्राप्त गरिन् । मोतिकला डाँगी चौथो, निर्मला चौधरीले पाँचौ, अरुणिका चौधरी छैटौं, अनिशा चौधरी सातौं, आयुषा गिरी आठौं, प्रियङ्का साउद नवौं र उमा चौधरी दसौ भइन् ।

पुरुषतर्फ १५ मिनेट २७.०६ सेकेन्डमा दौड पूरा गर्दै टंक विजयी बनेका थिए । नागेश्वर अहिरले (१५ मिनेट २९.०९ सेकेन्ड) दोस्रो र मिलन कार्कीले (१५ मिनेट ३३.०९ सेकेन्ड) तेस्रो भए । सन्जय सिंह चौथो, सन्तोष अहिर पाँचौं, मोहनदेव जोशी छैटौं, प्रेम बस्नेत सातौं, सुमन बुढा आठौं, अजय पाण्डे नवौं र विकास बिक दसौं भए ।

प्रतियोगिता प्रदेशसभा भवनबाट सुरु भए प्रतियोगिताको दुबैतर्फका विजेताले २१ हजार, दोस्रोले १७ हजार, तेस्रोले १३ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै चौथोले ९ हजार, पाँचौ ५ हजार, छैटौंले ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय, प्रदेश सरकारका सचिव राधिका आर्याल तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कृत गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले खेलकुदको विकासका लागि प्रदेश सरकारले नितिगत रुपमा प्राथमकितामा राखेको बताउदै खेलाडीलाई खेलेर बाच्न सकिन्छ भन्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेशका खेलाडीले राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्नु पर्नेमा जोड दिदै त्यसका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रदेश गृहमन्त्री सन्तोष पाण्डेले युवाहरुलाई खेलमा आकर्षित गराउन प्रदेश सरकारले प्रोत्साहानका कामहरु अगाडि बढाएको जनाँदै त्यसमा सबैको सहयोग जरुरी रहेको बताए । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भट्टराईले खेलकुद क्षेत्र वृह्त र राष्ट्रको पहिचान गराउने क्षेत्र भएका कारण त्यसलाई प्रदेशले प्राथमिकतामा राखेको जनाउँदै लुम्बिनीमा खेलको स्तरबृद्धि भएको बताए ।

June 29, 2024

चितवन लिगमा एभरेष्ट र माडीको बराबरी

सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवन र माडी ११ फुटबल क्लबले अंक बाँडेका छन्। भरतपुर ७ कृष्णपुर मैदानमा शनिबार भएको समूह बी को खेलमा १-१ को बराबरीमा टुङ्गिएको थियो। माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले गोल गरे । खेलको २५ औं मिनेटमा रितेशको […]

June 29, 2024

छात्राका लागि आत्मरक्षा तालिम सुरु

हिमाल खरेल,दमकझापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन गरे । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा सुरु भएको तालिममा कक्षा ९ देखि १२ मा पढ्ने दमकका एक सय छात्रा सहभागी रहेका […]

June 29, 2024

टि-ट्वान्टी विश्वकपको फाइनलमा भारतले पहिला ब्याटिङ गर्ने

एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल खेलमा दक्षिण अफ्रिका विरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । बार्बाडोसमा भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा जित हासिल गरेका टोली नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भारत: […]

Success

Thank you for your time.