1 year ago
February 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले एक खेल बाँकी रहँदै १६ औं ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि जितेको छ ।
आइतबार भएको लिगको ११ औं खेलमा एपिएफले निकै रोमान्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्डलाई ३-१ ले पराजित गर्दै उपाधि पक्का गरेको हो । यससँगै क्लबले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पक्का भएको छ ।
ढोरपाटनको भलिबल कोर्टमा एपिएफले सुरुवाती दुई सेट २५-१५ र २५-१८ ले सुरुवाती दुई सेट जितेको थियो । तेस्रो सेटमा न्यु डायमन्डले २६-२४ को जितका साथ खेलमा फर्कने संकेत दियो । तर चौथो सेट २५-१९ ले जितेसँगै एपिएफ च्याम्पियन बनेको हो ।
आइतबार नै पुलिसले पहिलो खेलमा धादिंग स्पोर्ट्स क्लबलाई २५-१४, २५-९, २५-१६ ले हरायो । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एन्जल हार्टमाथि २५-२, २५-६, २५-८ को एकपक्षीय जित निकाल्यो ।
आर्मी र पुलिसबीच भएको दिनको अन्तिम खेल चौथो सेटमा २-२ को स्थिति भएपछि खराब प्रकाशका कारण रोकिएको छ । आयोजकले उक्त खेल कहिले हुने स्पष्ट पारिसकेको छैन ।
अंक तालिकामा एपिएफको ११ खेलमा ३२ अंक छ । एपिएफले पहिलो चरणमा न्यु डायमन्डविरुद्ध पाँचौ सेटमा जित हासिल गर्दा एकमात्र अंक गुमाएको थियो । डायमन्डको ११ खेलमा २४ अंक छ । आर्मीको १० खेलमा २२ र पुलिसको १० खेलमा २१ अंक छ ।
एन्जल हार्टले सबै १२ खेलमा १२ अंक तथा धादिंगले १२ खेलमै ६ अंक जोड्यो । जावलाखेल ७ खेलमा ३ र बागमती विना कुनै अंक पहिलो चरणबाट बाहिरिएका थिए ।
अब अन्तिम दिन सोमबार पुलिसले न्यु डायमन्ड र च्याम्पियन एपिएफले आर्मीसँग खेल्ने तालिका रहेको छ ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]