default_image

9 months ago

February 2, 2024

जोर्डन पहिलोपटक एसियन कपको सेमिफाइनलमा 

890 views

0 Bookmark

एजेन्सी – जोर्डन इतिहासमा पहिलो पटक एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार साँझ भएको पहिलो क्वाटरफाइनलमा ताजिकिस्तान माथि १-० को जित निकाल्दै जोर्डनले इतिहास रचेको हो ।

जोर्डनका लागि खेलको एकमात्र गोल आत्मघाती गोलको रुपमा रहेको थियो । कर्नर किक क्लियर गर्ने क्रममा ताजिकिस्तान भाखदात खानोनोभले बल आफ्नै जालीमा हालेपछि ताजिकिस्तान खेलमा पछि परेको थियो । अन्त्यमा त्यहि गोलले खेलको छिनोफानो गर्यो ।

ताजिकिस्तान पहिलो पटक एसियन कपमा छनोट भएको थियो । पहिलो पटकमा नै ताजिकिस्तानले अन्तिम आठसम्मको यात्रा रच्न सफल भयो ।   

जोर्डनले अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरिया बीचको विजेता संग फाइनल प्रवेशका लागि खेल्ने छ । सो क्वाटरफाइनल खेल आज राति ९:१५ बजे सुरु हुने छ । 

अन्य दुई क्वाटरफाइनल खेल भोलि हुने छ । भोलि ५:१५ बजे इरान र जापान भिड्ने छन् भने ९:१५ बजे कतार र उज्बेकिस्तान भिड्ने छन् ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.