default_image

7 months ago

February 2, 2024

नेपालले भारत विरुद्ध टस हार्यो

1382 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपाललेभारतविरुद्ध टस हारेको छ । भारतका कप्तान उदय सहरानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । 

कप्तान देव खनालले टोलीमा ३ परिवर्तन गरेका छन् । ओपनर बिपिन रावल, ब्याटर आकाश त्रिपाठी र अलराउण्डर दिपक बोहराको स्थानमा आज ओपनिङ्ग ब्याटर दीपक बोहोरा, उत्तम थापा मगर र दिपक डुम्रे टोलीमा फर्किएका छन् । 

नेपालको प्लेइङ ११ :

अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापा मगर, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक डुम्रे, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल खेल्नु अगावै सेमिफाइनल सम्भावना टुंगिसकेको थियो । 

नेपालले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो । 

भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुबै खेलमा जित हात पार्न सफल भएको छ । नेपालले सन् २००० मा ८ विकेटले र २०१६ मा ७ विकेटले हार बेहोरेको थियो ।

सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । भारत र पाकिस्तानको समान ६ अंक रहेको छ । बंगलादेश ४ र न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्ड अंक विहिन छन् ।    

दोस्रो समूहमा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ ।वेस्टइन्डिज र दक्षिण अफ्रीकाको समान ४ तथा श्रीलंका र इंग्ल्यान्डको समान २ अंक छ । जिम्बाब्वेको भने ३ खेलमा अंक छैन ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.