1 year ago
January 31, 2024
एजेन्सी – दक्षिण अफ्रिका विरुद्ध स्तब्ध हुँदै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको मोरक्को आइभोरी कोस्टमा जारि अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । मंगलवार राती भएको प्रि-क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिका विरुद्ध २-० ले पराजित हुँदै मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो ।
दक्षिण अफ्रिकाले ५७औ मिनेटमा एभिडेन्स माक्गोपाले थेम्बा ज्वानेको पासमा गरेको गोलको मद्दतले आश्चर्यजनक अग्रता लिएको थियो । ८५औ मिनेटमा मोरक्कोले खेलमा बराबरी गर्ने ठुलो अवसर खेरा फाल्यो ।
मोथोभी एमभालाले बक्समा ह्यान्डबल गरेपछि मोरक्कोले पेनाल्टी मार्फत खेलमा बराबरी गर्ने अवसर पाएको थियो । तर अक्राफ हकिमी पेनाल्टीमा चुके । उनको प्रहार क्रसबारमा लागेर बाहिरिन पुग्यो ।
इन्ज्युरी समयको चौथो मिनेटमा मोरक्कोका सोफ्यान अम्राबाट रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसको अर्को मिनेटमा दक्षिण अफ्रिकाले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । तेबोहो मोकोएनाले गोल गर्दै दक्षिण अफ्रिकाको अन्तिम आठमा स्थान सुनिश्चित गरे ।
दक्षिण अफ्रिकाको जित संगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशका लागि केप भर्डे विरुद्द खेल्ने छ । अन्य क्वाटरफाइनलमा निजेरिया र एंगोला, माली र आइभोरी कोस्ट तथा प्रजातान्त्रिक गणतन्त्र कंगो र गिनी भिड्ने छन् ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]