1 year ago
January 30, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – लगातार आठ खेलमा हार बेहोरेको कोशी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट २०८० अन्तर्गत आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । आफ्नो पहिलो खेल दर्ता गर्ने क्रममा कोशीले लुम्बिनी प्रदेश माथि १६ रनको जित हात पारेको हो ।
१७३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४६.५ ओभरमा १५६ रनमा समेटियो । लुम्बिनीका लागि दिलसाद अलीले ६४ बलमा सर्वाधिक ३२ रन बनाए । बिराट भण्डारीले ६० बल खेलेर २८ रनको योगदान गरे । ओपनर सम्राट भुसालले २७ बलमा ५ चौका सहित २६ रन बनाए ।
कोशीको जितमा सौजन घिमिरेले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३१ रन दिए । यस्तै अभ्याश तिमिल्सिना, कमल खत्री र समिर कार्कीले समान २-२ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा समेटियो ।
कोशीलाई सस्तैमा समेट्न नर शार्कीले १० ओभरमा २ मेडन सहित ३८ रन दिंदै ४ विकेट लिए । वीर मगरले तीन विकेट लिए भने अभिषेक गौतमले दुई विकेट लिए । यस्तै कृष्ण कार्कीले एक विकेट लिए ।
कोशीका लागि ओपनर अंकित सुबेदीले सर्वाधिक ४९ रन बनाए । ६५ बलमा ९ चौका प्रहार गरेका उनी अर्धशतक बाट १ रनले चुके । सौजन घिमिरेले ६९ बलमा २ चौका र २ छक्का सहित ४३ रनको इनिङ खेले ।
कोशीले अर्का ओपनर समिर कार्कीलाई पहिलो ओभरमा नै शुन्यमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका मिनाश थापाले राम्रो सुरुवात गरेका थिए । तर ३४ बलमा २५ रन बनाएर उनि ११औ ओभरमा नर शार्कीको बलमा आउट भए ।
सुजन थपलिया पनि कुनै रन नबनाई निर्मल गुरुङको बलमा क्याच आउट हुँदै पेभेलियन फर्किए । आइश भट्टराईले १९ बल खेलेर १० रनमा नरकै शिकार बने । त्यसपछि आउट हुने अंकित थिए ।
सोनु अन्सारीलाई पनि नरले नै १७ रनमा रहेको अवस्थामा आउट गरे । फिर्दोश अन्सारीले मात्र ४ रन बनाउन सके । भुपाल लुइँटेल २० बलमा ५ रन बनाएर वीर मगरको बलमा आउट भए । कमल खत्री शुन्यमा वीरकै शिकार बने ।
कोशीले ९ खेलमा २ अंक सहित प्रतियोगितामा आफ्नो यात्रा समाप्त गरेको हो । एक खेल खेल्न बाँकी रहेको लुम्बिनीको पनि २ अंक नै रहेको छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]