default_image

1 year ago

January 28, 2024

लुम्बिनी विरुद्ध मधेशको जित

1231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा जित सहित लिग चरण टुंगाएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेश माथि ९ रनको जित निकाल्दै मधेशले सुखद अन्त्य गरेको हो ।  

मूलपानीमा मधेश प्रदेशले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४०.५ ओभरमा १६० रनमा समेटियो । मधेशको जितमा प्रदीप पासवान एक्लैले ६ विकेट लिए । उनले ९ ओभर बलिङ गरेर ३० रन खर्चिए ६ विकेट लिएका हुन् ।

यस्तै अभिषेक तिवारीले २ विकेट लिए भने रुपेश सिंह र हरिशंकर शाहले समान एक एक विकेट लिए ।

लुम्बिनीका लागि प्रज्वल थापाले ७९ बलमा ४ चौका र ३ छक्का सहित ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अभिषेक गौतमले २६ रन बनाए भने दिलसाद अलिले २२ र म्रिनाल गुरुङले २१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश ४१.३ ओभरमा १६९ मा समेटिन पुग्यो । मधेसका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै पावन सर्राफ र अभिषेक तिवारीले समान २६-२६ रन बनाउँदा मयन यादवले २२ रन बनाए ।

लुम्बिनीका लागि वीर मगरले ४ विकेट लिए । उनले ८.३ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिएका हुन् । यस्तै अभिषेक गौतमले ३ तथा निर्मल गुरुङ, मोहम्मद हुसेन र कृष्ण कार्कीले समान एक एक विकेट लिए ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.