default_image

1 year ago

January 18, 2024

गण्डकी टाइगर कपको सेमिफाइनलमा, आर्मी बाहिरियो

3538 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्थानीय टोली गण्डकी प्रदेश चौथो टाइगर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबसँग पाँचौ सेटमा पराजित भएपनि गण्डकी सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो । समूह ए बाट हेल्प नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो ।

हेल्प नेपाल ४ अंकका साथ शीर्षस्थानमा रहँदा गण्डकी ३ अंक जोड्दै दोस्रो भयो । २ अंक जोडेको आर्मी भने समूह चरणबाट बाहिरिएको हो । पुरुषतर्फ समूह बी बाट एपिएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बनिसकेका थिए । यस्तै समूह ए कै हेल्प नेपाल स्पोर्ट्स क्लब पनि सेमिफाइनलमा पुग्ने पक्का भइसकेको थियो । यस नतिजाले भने हेल्प नेपाल समूह विजेता बनेको हो । अब सेमिफाइनलमा एपिएफले गण्डकी तथा हेल्प नेपालले श्रीलंका आर्मीको सामना गर्नेछ ।

विहीबार भएको समूहको अन्तिम खेलमा आर्मीले ३-२ को जित हासिल गरेपनि अघि बढ्न त्यो पर्याप्त रहेन । आर्मीले पहिलो सेट २५-२० ले जितेपनि गण्डकीले त्यसपछि दुई सेट २५-२० र २५-१७ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । आर्मीले २५-२१ र १५-६ ले अन्तिम दुई सेट जित्दा गण्डकी समूह उपविजेता बनेको हो ।

त्यसअघि महिलातर्फ भएको सेमिफाइनलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो । न्यु डायमन्डले अब फाइनलमा नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

दोस्रो सेमिफाइनलको पहिलो सेटमा पुलिसले राम्रो सरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । न्यु डायमन्डले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१८ को अन्तरले जित्दै फाइनलमा स्थान बनायो ।

त्यसअघि पहिलो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबको २ सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको थियो । आर्मीले सुरुवाती दुई सेट सहजै जिते एपिएफले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।

आर्मीले सुरुवाती सेट २५-१९ र दोस्रो सेट २५-२० ले जित्यो । त्यसपछि एपिएफले २५-१२ र २५-१६ को अन्तरले जित दर्ता गर्दै पुनरागमनको बाटो बुन्यो । पाँचौ सेटमा आर्मी अन्त्यसम्म अग्रतामा रहेपनि एपिएफले त्यसमा पनि पुनरागमन गर्दै १५-१३ को जितसहित फाइनलमा स्थान बनायो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो खेल र पुरुषतर्फका सेमिफाइनल खेलहरु हुने तालिका रहेको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन पुरुष र महिलाको फाइनलसँगै पुरुषको तेस्रो स्थानको खेल पनि हुनेछ ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

February 25, 2025

भुटानी टोली हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप  फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ।  रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

Success

Thank you for your time.