1 year ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा विहीबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । न्यु डायमन्डले अब फाइनलमा नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलको पहिलो सेटमा पुलिसले राम्रो सरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । न्यु डायमन्डले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१८ को अन्तरले जित्दै फाइनलमा स्थान बनायो ।
त्यसअघि पहिलो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबको २ सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको थियो । आर्मीले सुरुवाती दुई सेट सहजै जिते एपिएफले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।
आर्मीले सुरुवाती सेट २५-१९ र दोस्रो सेट २५-२० ले जित्यो । त्यसपछि एपिएफले २५-१२ र २५-१६ को अन्तरले जित दर्ता गर्दै पुनरागमनको बाटो बुन्यो । पाँचौ सेटमा आर्मी अन्त्यसम्म अग्रतामा रहेपनि एपिएफले त्यसमा पनि पुनरागमन गर्दै १५-१३ को जितसहित फाइनलमा स्थान बनायो ।
दिनको अन्तिम खेल समय अभावका कारण प्रतियोगिताको पहिलो दिन स्थगित भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । पहिलो दिन गण्डकी २-१ को अग्रतामा रहेपनि आज खेल सुरुवातदेखि खेलाइनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने भएकाले पनि कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यद्यपि खेलको नतिजा र अंक अनुसार समूह विजेता र उपविजेता छिनोफानो हुनेछ ।
पुरुषतर्फ समूह बी बाट एपिएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बनिसकेका छन् । यस्तै समूह ए कै हेल्प नेपाल स्पोर्ट्स क्लब पनि सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो खेल र पुरुषतर्फका सेमिफाइनल खेलहरु हुने तालिका रहेको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन पुरुष र महिलाको फाइनलसँगै पुरुषको तेस्रो स्थानको खेल पनि हुनेछ ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- साविक विजेता केपी ओली कप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई आज १-० ले हराउँदै मछिन्द्र उपाधि रक्षाका लागि एककदम अघि बढेको छ। रोमान्चक र प्रतिस्पर्धा खेलमा स्टेफेन जलीको गोलमस मच्छिन्द्र विजयी भयो । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिश श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । दुवै टोली […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]