1 year ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबको महिला टोलीले चौथो टाइगर कपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लबको महिला टोलीलाई २ सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै एपिएफले फाइनलमा स्थान बनाएको हो । आर्मीले सुरुवाती दुई सेट सहजै जिते एपिएफले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।
आर्मीले सुरुवाती सेट २५-१९ र दोस्रो सेट २५-२० ले जित्यो । त्यसपछि एपिएफले २५-१२ र २५-१६ को अन्तरले जित दर्ता गर्दै पुनरागमनको बाटो बुन्यो । पाँचौ सेटमा आर्मी अन्त्यसम्म अग्रतामा रहेपनि एपिएफले त्यसमा पनि पुनरागमन गर्दै १५-१३ को जितसहित फाइनलमा स्थान बनायो ।
यसपछि दोस्रो सेमिफाइनलमा समूह बी को शीर्षस्थानमा रहेर अघि बढेको चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ । विदेशी खेलाडी सम्मिलित गण्डकी प्रदेश र भारतको हरियाणा टोली समूह चरणबाट नै बाहिरिसकेका छन् ।
दिनको अन्तिम खेल समय अभावका कारण प्रतियोगिताको पहिलो दिन स्थगित भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । पहिलो दिन गण्डकी २-१ को अग्रतामा रहेपनि आज खेल सुरुवातदेखि खेलाइनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने भएकाले पनि कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यद्यपि खेलको नतिजा र अंक अनुसार समूह विजेता र उपविजेता छिनोफानो हुनेछ ।
पुरुषतर्फ समूह बी बाट एपिएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बनिसकेका छन् । यस्तै समूह ए कै हेल्प नेपाल स्पोर्ट्स क्लब पनि सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो खेल र पुरुषतर्फका सेमिफाइनल खेलहरु हुने तालिका रहेको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन पुरुष र महिलाको फाइनलसँगै पुरुषको तेस्रो स्थानको खेल पनि हुनेछ ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]