default_image

1 year ago

January 17, 2024

गण्डकीसँग हारका बाबजुद हेल्प नेपाल सेमिफाइनलमा

3180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो टाइगर कप अन्तर्गत समूह ए को खेलमा गण्डकी प्रदेशसँग हारका बाबजुद हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

पहिलो सेटमा गण्डकीले २५-१९ ले जितेको थियो । दोस्रो सेटमा हेल्प नेपालले २५-१५ को अन्तरमा सेट जित्दै खेल १-१ को बराबरीमा ल्यायो । तेस्रो सेट गण्डकीले २५-१७ ले जित्दा चौथो सेटमा हेल्प नेपालले २५-२२ को जितसँगै खेललाई पाँचौ सेटमा पुर्यायो ।

पाँचौ सेटमा गण्डकीले १५-१२ को जित दर्ता गर्दै महत्त्वपूर्ण २ अंक हासिल गरेको छ । जितका बाबजुद गण्डकीले अन्तिम खेलमा आर्मीसँग प्रतिस्पर्धा गरेपछि मात्र सेमिफाइनल पुग्ने पक्का हुनेछ । पराजित भएको हेल्प नेपाल भने यस खेलबाट १ अंक जोड्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।

हेल्प नेपालले यसअघि मंगलबार आर्मीलाई हराइसकेको थियो । समूहमा हेल्प नेपालको २ खेलमा ४ अंक छ भने गण्डकीको १ खेलमा २ अंक छ । आर्मीको १ खेलमा कुनै अंक छैन । पहिलो दिन स्थगित भएको गण्डकी र आर्मीको खेल भने हालसम्म तय भएको छैन । यसकारण सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो उक्त खेलपछि मात्र हुनेछ ।

यसअघि नेपाल पुलिस क्लब समूहको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३-१ को अन्तरले पराजित गरेपनि पुलिस समूहको अंक तालिकाको पुछारमा रहेर बाहिरियो । पोखरा रंगशालाको भलिबल कोर्टमा पुलिसले निकै प्रतिस्पर्धात्मक पहिलो सेट ४१-३९ को अन्तरमा जितेको थियो । दोस्रो सेट २५-१३ ले जितेको श्रीलंका आर्मीले त्यसपछि भने लगातार दुई सेट गुमायो । पुलिसले २५-२० ले तेस्रो सेट र २५-१७ ले चौथो सेट जित्दै खेल जित्यो ।

तर समूह बी मा एपिएफ, श्रीलंका आर्मी र पुलिसको समान ३-३ अंक भएपनि सेटको अन्तरमा पुलिस बाहिरिएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई सोझो सेटमा हराएको थियो । श्रीलंका आर्मीले एपिएफलाई ३-१ ले हराउँदा पुलिसले पनि श्रीलंका आर्मीलाई ३-१ ले नै हराएको थियो । सेट अन्तरको आधारमा एपिएफ समूह विजेता बन्दा श्रीलंका आर्मी उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे ।

त्यस्तै महिलातर्फ भने सेमिफाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न खेलमा न्यु डायमन्डले भारतको हरियाणा टोलीलाई हराउँदै समूह विजेता बन्दा पुलिसले गण्डकी प्रदेशलाई हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो ।

न्यु डायमण्डले बुधबार भारतको हरियाणा पुलिस टिमलाई ३-० ले हराउँदै समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो। आर्मी २ अंकका साथ उपविजेताका रुपमा अन्तिम चारमा पुगेको थियो ।

न्यु डायमण्ड २५-१७,२५-१८ र २५-१६ ले विजयी भएको थियो। अब सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायमण्ड र नेपालमा पुलिस क्लबबीच हुनेछ । दिनको पहिलो खेलमा पुलिसले गण्डकीलाई सोझो सेटमा हराएको थियो ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम थिए । गण्डकी र हरियाणा प्रतियोगिताबाट बाहिरिएका छन् ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

February 25, 2025

काठमाडौंमा यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले युरोपेली फुटबल संघ (यूईएफए) को प्रो लाइसेन्स प्राप्त गरेका प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई अनुबन्ध गरेको छ । रेजर्सले एनएसएलको तेस्रो सिजनका लागि प्याट्रिकलाई अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । उनले अल्जेरियाको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका साथै चीनको यू-२३ टोलीमा पनि काम […]

February 25, 2025

संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]

February 25, 2025

केपी ओली कपमा‌ आज पनि २ खेल

काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]

Success

Thank you for your time.