8 years ago
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पर्वतमा अर्को महिना प्रथम दिदि बहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीता हुने भएको छ । नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोका सातौं बार्षिक उत्सवको अवसर पारेर पर्वतको कुश्मास्थित रेडियो दिदि बहिनीले प्रतियोगिता आयोजना गर्न लागेको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फागुन २४ गते देखि २८ गते सम्म हुने प्रतियोगितामा तीन विभागिय टोली एपिएफ, नेपाल पुलिस क्लब, आर्मी , न्यू डाइमन्ड, पश्चिमाञ्चल भलिबल संघ र आयोजक टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले १ लाख , दोस्रो हुने टोलीले ६० हजार र तेस्रो हुने टोलीले ४० रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाकर,सेटर,डिफेन्स,क्वीकर, ब्लकरले समान ३ हजार र सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछन् ।
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]