default_image

8 months ago

January 9, 2024

गण्डकी सेमिफाइनलमा, अब एपिएफसँग खेल्ने

4308 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)- गण्डकी प्रदेश सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई‌ ३-० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेको छ ।

लिग चरणमा तेस्रो जित दर्ता गर्ने क्रममा गण्डकीले कर्णालीलाई २५-२१,२५-२१ र २५-२१ ले हराएको थियो। गण्डकीले कर्णालीविरुद्धको खेलमा मुख्य खेलाडीहरुलाई आराम दिएको‌ थियो।

गण्डकीले ४ मध्ये ३ खेल‌ जित्दै ९ अंक जोड्यो भने अपराजित रहेको समूहको “बी’ को विजेता त्रिभुवन आर्मी क्लबले १२ अंक बटुल्यो । कर्णालीसँगै समूह ‘बी’ बाट सुदूरपश्चिम र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको‌ सामना गर्नेछ। दोस्रो सेमिफाइनल नेपाल पुलिस क्लबले र आर्मीबीच हुनेछ ।
आजै कोशीलाई‌ ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को  उप विजेता बनेको छ ।

लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोशीलाई  २५-१५,२५-१९ र २५-११ ले हराएको थियो। कोशी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। पुलिसले साविक विजेता एपिएफसँगको खेल गुमाएको थियो।

समूहमा पुलिसले ३ खेल जित्दै ९ अंक जोड्दा विजेता एपिएफले सबै खेलमा सफलता हासिल गर्दै १२ अंक बटुल्यो । आजै एपिएफ र  आर्मी आ आफ्नो समूहको विजेता बनेका थिए ।

त्यसअघि समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई‌ र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आ आफ्नो समूहका विजेता हुन् ।

प्रतियोगिताका‌ अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए। दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५-७,२५-१८ र २५-१३ ले हराएको थियो।

दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गरेको थियो। एपिएफ र आर्मी दुबै टोली आजको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई‌ आराम दिएको‌ थियो।

लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो ।
एपिएफ, पुलिस, कोशी  र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक‌ सेट पनि जित्न सकेन ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.