default_image

8 years ago

January 25, 2017

विश्व महिला भलिबल छनोटमा भाग लिन नेपाली टोली माल्दिभ्स उड्यो

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा हुने महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

volleyball
महिला टोलीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकै खेलाडी छन् । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका निभाउने छन् ।

त्यस्तै रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइक तथा कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भुमिका निभाउदै छन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा सुदेशकुमार रिमाल छन् भने सहायक प्रशिक्षकमा सलिना श्रेष्ठ र टिम व्यवस्थापकमा जुनु पुन मगर रहेकी छिन् ।

नेपाली टोलीमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष उपेन्द्र यादव, सदस्य ज्योति केसी, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयामबहादुर थापा र इन्टरनेशनल रेफ्री क्यान्डिडेट कुलबहादुर राना पनि माल्दिभ्स प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने प्रतियोगितामा नेपाली महिला टोलीले भाग लिन लागेको यो पहिलो पटक हो ।

नेपालको पुरुष टोलीले भने दुई पटक एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ । छनोटको पहिलो चरणमा नेपाल, आयोजक माल्दिभ्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । छनोट शुक्रबार सुरु हुने नेपाल भलिबल संघले जनाएको छ ।

March 23, 2025

प्रिन्स राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

Success

Thank you for your time.