default_image

1 year ago

January 9, 2024

एपिएफ र आर्मी आ आफनो समूह विजेता

2234 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)- साविक विजेता एपिएफ र त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामामा आ आफ्नो समूहको विजेता बनेका छन् ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई‌ र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आफ्नो समूहका विजेता हुन् । प्रतियोगिताका‌ अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए।

दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५-७,२५-१८ र २५-१३ ले हराएको थियो। दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गरेको थियो। एपिएफ र आर्मी दुबै टोली आजको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई‌ आराम दिएको‌ थियो।

लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो । एपिएफ, नेपाल पुलिस क्लब, कोशी प्रदेश र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक‌ सेट पनि जित्न सकेन । समूह ‘ए’ मा पुलिस अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । पुलिसले आज हुने तेस्रो खेलमा कोशीको‌ सामना गर्ने छ।

समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज हुने गण्डकी प्रदेश र घरेलु टोली कर्णालीको‌ खेलपछि टुंगो लाग्ने छ। यसअघि ३ खेलमा गण्डकीले २ खेल र कर्णालीले १ खेल जितेको थियो। कर्णालीले सोझो सेटले जित्ने बाहेक सबै खाले नतिजाले गण्डकी सेमिफाइनल पुग्नेछ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

पहिलो दिन तोरणको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

Success

Thank you for your time.