default_image

8 years ago

January 24, 2017

नेपाली टोली महिला विश्व भलिबल च्याम्पियनसिपको छनोट खेल्न जाँदै

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोनको छनोट चरणमा भाग नेपाली महिला टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

women's volleyball

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो । यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । शुक्रबारबाट माल्दिभ्समा हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले मंगलबार बिदाइ गरे ।

नेपाली टोलीमा १२ औं साग खेलेकै खेलाडी सहभागी छन् । छोटो समयमा तयारी गर्नुपर्दा पुरानै खेलाडीलाई सहभागी गराइएको नेपाल भलिबल संघले जनाएको छ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका निभाउने छन् । त्यस्तै रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइक तथा  कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भुमिका निभाउदै छन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन रहेका छन् ।

नेपाली टोलीको प्रशिक्षकमा सुदेशकुमार रिमाल छन् भने सहायक प्रशिक्षकमा सलिना श्रेष्ठ र टिम व्यवस्थापकमा जुनु पुन मगर रहेकी छिन् ।नेपाली टोलीमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष उपेन्द्र यादव, सदस्य ज्योति केसी, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयामबहादुर थापा र इन्टरनेशनल रेफ्री क्यान्डिडेट कुलबहादुर राना पनि माल्दिभ्स जानेछन् ।

एसियन सेन्ट्रल जोन छनोट प्रतियोगितामा ३ टोलीको सहभागिता रहनेछ। नेपालसहित आयोजक माल्दिभ्स र इरानले पहिलो चरणको छनोट खेल खेल्ने छन्। नेपाल दुई साताको प्रशिक्षणपछि विश्व च्याम्पियनसिपको छनोट खेल्न लागेको हो ।

March 23, 2025

प्रिन्स राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

Success

Thank you for your time.