8 years ago
January 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेलमा बिभागिय टिम हाबी भएका छन्।
लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मी, पुलिस र एपिएफले जित निकालेका छन् । त्यस्तै पश्चिमाञ्चलले पनि जित हात पारेको छ । दोश्रो दिनको लिग खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–१२, २५–१५, २५–१८ को सोझो सेटमा पराजित ग¥यो ।
समूह ए मा रहेको आर्मीले अपराजित रहदै २ खेलबाट ६ अंक जोडेर नकाउट चरणको यात्रालाई सहज बनाएको छ । एपीएफले पुर्वाञ्चलमाथी ३–० को सोझो सेटमा हराए पनि तेश्रो सेटमा निकै चुनौतीको सामना गदै नतिजा आफ्नो पक्षमा पारेको थियो । एपीएफका लागि पहिलो र दोश्रो सेट २५–१७, २५–१३ ले सहज बने पनि तेस्रो सेट ३१–२९ले कठिन बनेको थियो ।
साबिक उपबिजेता पुलिसले सुदुरपश्चिमलाई २५–११, २५–१४, २५–१३ को सोझो सेटमा हरायो । त्यस्तै पश्चिमाञ्चलले मध्यमाञ्चललाई२५–१९,२५–१८ र २५–१६ को सोझो सेटमा रोक्यो । समूह बीबाट पुलिस र पश्चिमाञ्चलले २ खेलमा अपराजित रहदै ६ अंक जोडेका छन् ।
प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस, एपिएफ सहित पाँच विकास क्षेत्रको टोलीले प्रतिस्पर्धा गरिरहेको छन ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]