default_image

9 months ago

December 15, 2023

भारतलाई हराउँदै बंगलादेश फाइनलमा

3686 views

0 Bookmark

एजेन्सी – बंगलादेशले युएईमा जारी आइसिसी यू१९ एसिया कपको सेमिफाइनल खेलमा भारतमाथि ४ विकेटको सानदार जितका साथ फाइनलमा पुगेको छ । सात पटकको एसिया कप विजेता भारतलाई हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जितमा अरिफुल इस्लामले ९० बलमा ९ चौका र ४ छक्कासहित ९४ रनको एक यादगार इनिङ खेले । अहरार अमिनले १ सय १ बलमा ३ चौकसहित ४४ रन बनाए ।

भारतका नवान तिवारीले तीन र राज लिम्बानीले २ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको भारत ४२.४ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । भारतका मुशिर अहमदले ६१ बलमा ३ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए ।

मुरुगन अभिषेक ७४ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । एक समय १५.५ ओभरमा ६१(६ को अवस्थामा पुगेको भारतलाई सातौं विकेटका लागि १ सय ८ बलमा ८४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । फाइनलमा उपाधिको लागि युएई र पाकिस्तानमध्य एक टोलीसँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.