default_image

1 year ago

November 21, 2023

यमनविरुद्ध अनन्तसहित ३ परिवर्तन

3229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरण अन्तर्गत मंगलबार यमनको सामना गर्दैछ ।

दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले टोलीमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेका छन् । चोटका कारण पछिल्लो खेल गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनसँगै एरिक विष्ट सुरुवाती रोजाइमा आएका छन् ।

पछिल्लो खेल सुरुवात गरेका छिरिङ गुरुङ र मनिष डाँगी बेन्चमा रहेका छन् । लाकेन लिम्बू भने चोटका कारण ३ साता मैदानबाहिर रहनेछन् ।

नेपालको लागि कप्तान किरण चेम्जोङ गोलरक्षक रहेका छन् । त्यस्तै रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र आशिष चौधरी डिफेन्समा रहनेछन् । मिडफिल्डमा सेसेहाङ आङदेम्बे, उत्सव राई र एरिक विष्ट रहने आँकलन रहेको छ । आक्रमणमा जिलेस्पी जंग कार्कीलाई अन्जन विष्ट र दिनेश हेन्जनले साथ दिनेछन् ।

नेपालले पहिलो खेलमा यूएईसँग ४-० को हार बेहोरेको थियो । उक्त खेलमा ५ डिफेन्डर खेलाएको नेपालले अनन्तको पुनरागमनसँगै ४ डिफेन्सकै रणनीतिमा खेल्ने अनुमान रहेको छ ।

नेपाल विरुद्ध यमन : प्रत्यक्ष प्रसारण

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.