default_image

1 year ago

October 24, 2023

पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक

1091 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् ।

पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् ।

पहिलो खेलमा चीनकी याङ लिटिंगलाई १४-१ ले हराउँदै पलेशा सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा भने कजाकस्तानकी कमिल्या दोसमलोभासँग १६-१० ले पराजित हुँदै उनी फाइनल प्रवेश गर्न असफल रहिन् ।

रेपेचेजमा उनले बाई प्राप्त गरेपछि कास्य पदक पक्का भएको हो । यस विधामा ५ खेलाडी सहभागी भएकोमा रेपेचेजमा चीनकी याङ लिटिंग चीनकै लि युजीसँग पराजित भइन् । फाइनलमा इरानकी रोजा एब्रहिमी र कमिल्याले खेल्नेछन् ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

Success

Thank you for your time.