default_image

1 year ago

October 20, 2023

सुभाष र सद्भाव एसिया प्यासिफिक एमेच्योर खेल्न अष्ट्रेलिया जाने

316 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष दुई एमेच्योर गल्फर सुभाष तामाङ र सद्भाव आचार्य एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न आइतबार अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

बिहीबारदेखि सुरु हुने प्रतियोगिताका लागि सुभाष र सद्भावसँगै नेपाल गल्फ संघका युवा विकास निर्देशक दीपक आचार्य टोलीको प्रशिक्षक एवं व्यवस्थापकको भूमिकामा रहनेछन् । गत वर्ष थाइल्याण्डमा भएको प्रतियोगितामा सुभाषले कट पार गर्दै अन्तिम दुई चरण पनि खेलेका थिए ।

यसपटक गल्फ संघले शीर्ष १० मा पर्ने लक्ष्यसहित टोलीलाई तयार गरेको जनाएको छ । संघका अध्यक्ष टासी घलेले आयोजक एसिया प्यासिफिक गल्फ महासंघलाई नेपालका दुई खेलाडीलाई प्रतिस्पर्धा गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे ।

अध्यक्ष घलेले चीनमा भएको एसियाली खेलकुदमा नेपालको प्रदर्शन सन्तोषजनक रहन नसकेको समेत स्वीकारे । उनले खेलाडीहरु लगातार अस्वस्थ हुँदा प्रदर्शनमा असर परेको जानकारी दिँदै आउने दिनमा अझ राम्रो तयारीका साथ प्रतियोगिताका लागि प्रस्थान गर्ने बताए ।

तीन सदस्यीय नेपाली टोली आइतबार अष्ट्रेलिया प्रस्थान गर्नेछ । सोमबार अष्ट्रेलिया पुग्ने टोलीले दुई दिन अभ्यास गरेर प्रतियोगितामा सहभागिता जनाउनेछन् । सुभाषले एमेच्योरको रुपमा खेल्ने यो नै अन्तिम प्रतियोगिता रहने सम्भावना रहेको छ । उनले यसपछि होल्डमा रहेको प्रो कार्ड लिएर व्यावसायिक करिअर सुरु गर्ने बुझिएको छ ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

जर्मनी पहिलो पटक सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]

Success

Thank you for your time.