1 year ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएईका प्रमुख दुई ब्याटर मोहम्मद वासिम र आसिफ खान त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालसँगको खेलमा आउट भएका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ९ ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।
युएईका बासिल हमिद २ र अली नासिर ६ रनमा क्रिजमा छन् । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए ।
युएईका लागि डेब्यू खेल खेलेका ओपनर खलिद शाह ठूलो सटको धुनमा मिडअफमा कप्तान रोहित पौडेलबाट क्याच आउट हुन पुगेका थिए । उनले ६ बल खेल्दा खाता खोल्न सकेनन् ।
करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु एज लागेर ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।
गुलशन झाको सातौं ओभरको पहिलो बलमा लङअनमा सर्ट खेल्न चाहेका वासिम मिडविकेटमा कुशल भुर्तेलबाट १७ रनमा क्याच आउट भए । वासिमले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
गुलशनको नवौं ओभरको चौथो बलमा आसिफ खान प्वाइन्टमा सन्दीप जोराबाट क्याच आउट भए । उनले १२ बलमा २ चौकासहित १५ रन आउट भए । युएईका दुई प्रमुख ब्याटर आसिफ र वासिम गुलशनको शिकार बनेपछि संकटमा परेको छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]