1 year ago
October 12, 2023
काठमाडौं(हाम्रो खेलकुद)– विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा नेपालले लाओस विरुद्धको खेलमा बराबरी गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ४८ औं मिनेटमा अन्जन विष्टले हेडर गोल गर्दै खेलमा बराबरी गरेका हुन् । एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपालका लागि बराबरी गरेका थिए ।
राष्ट्रिय टोलीबाट अन्जनको त्यो १३ औं गोल हो । नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमानमा अन्जनले बराबरी गरेका थिए ।
त्यसअघि लाओसका कप्तान बौनफाचन बौनकोङले खेलको ३३औं मिनेटमा अग्रता दिलाएका थिए। लाओसले आफ्नो पहिलो स्पष्ट मौकामा नै गोल गर्न सफल भएको हो ।
मिडफिल्डमा आयुष घलानले मिसपास गरेपछि लाओस गोल गर्न सफल भएको हो । चोनी वेनपासर्थले दिएको पासमा बौनकोङले सुन्दर टच लिँदै नेपालका डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्द सहित गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आज प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा लज्जास्पद हार बेहोरेको छ। जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । कोशीका लागि सकिब हकले नट आउट रहँदै २२ बलमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लज्जास्पद ब्याटिङ गरेको छ । कोशीविरुद्धको जारी खेलमा गण्डकी ३१ रनमा अल आउट भएको हो । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको हो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि […]
March 16, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आईमा आइतवार ९ विकेटको सहज जित हासिल गरेको छ । ९२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि टिम साइफर्टले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन जोडे । फिन एलेन १७ बलमा २ चौका र […]