default_image

11 months ago

October 11, 2023

नेपालले पहिलो खेल युएईसँग खेल्ने

7773 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा पहिलो खेल युएईसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टि२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले आफ्नो पहिलो खेल कार्तिक १ (अक्टोबर १८) मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।

कार्तिक ६(अक्टोबर २३) मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।

शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।

नेपाली क्रिकेट टोली पाँच दिन अघि तयारीको लागि राजस्थान रोयल्सको एकेडेमीमा गएको थियो । त्यहाँ १० दिनको प्रशिक्षणपछि नेपाल स्वदेश फर्किनेछ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.