default_image

1 year ago

October 10, 2023

च्यालेन्ज कप भलिबल – श्रीलंकासँग नेपालको हार

2110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । आयोजक श्रीलंकासँग मंगलबार भएको खेल नेपालले ३–० सेटले गुमाएको छ ।

श्रीलंकाले नेपाललाई २६–२४,२५–१८ र २५–१६ ले हराएको थियो । पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको नेपालले श्रीलंकालाई पहिलो सेटमा बाहेक खासै चुनौती दिन सकेन ।

श्रीलंकाले लगातार दोस्रो खेलमा जित निकालेको छ । पहिलो खेलमा श्रीलंकाले साउदी अरेबियालाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो । मंगलबार भएको पहिलो खेलमा उज्वेकिस्तानले साउदी अरेबियालाई ३–० को सोझो सेटमा हराएको छ ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले तेस्रो खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

February 25, 2025

पहिलो दिन तोरणको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]

February 25, 2025

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । धनगढीले मंगलवार स्पेनिस प्रशिक्षकलाई नियुक्त गरेको र उनीसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव रहेको जनाएको छ। मार्टिनेज युईएफए प्रो लाईसेन्स प्राप्त प्रशिक्षक हुन्। धनगढी एफसीको मुख्य प्रशिक्षकमा […]

Success

Thank you for your time.