default_image

8 years ago

January 19, 2017

एपिएफको जितमा रेश्माको उच्च प्रदर्शन

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेश्मा भण्डारी वुमन अफ द म्याच प्रदर्शन गरेपछि शुक्रबार एपिएफले आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई सोझो सेटमा हराउँदै १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान उक्लेको छ । एपिएफ २५–११, २५–१० र २५–८ को सोझो सेटमा विजयी भएको थियो । १३ खेलमा एपिएफको ३६ अंक पुगेको छ । 

dhorpatan

रिड मोडल कलेज र न्यु डायमन्डबीचको खेल खराव प्रकाशका कारण रद्द भएपछि दुई खेल बढी खेलेको एपिएफ एक दिनका लागि भएपनि अगाडि भएको छ । उपाधि दाबेदार रिड मोडलको ११ खेलबाट ३३ अंक छ । तेस्रो स्थानको न्यु डायमन्डको १२ खेलमा ३० अंक छ ।
शुक्रबार नै पहिलो खेलमा भने त्रिभुवन आर्मीलाई २५–२२, २५–११ र २५–७ ले हरायो । न्यु डायमन्डको जितमा कप्तान ललिता नाथ वुमन अफ द म्याच घोषित भइन् । चौथो स्थानमा रहेको नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई २६–२४, २१–२५, २५–१६ र २५–२३ ले हरायो । उक्त खेलमा पश्चिमाञ्चलकी अरुणा शाहीले वुमन अफ द डेको उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।
पुलिसको १३ खेलमा २४ अंक छ । पश्चिमाञ्चल १३ खेलका साथ २१ अंक जोड्दै पाँचौं स्थानमा छ । त्यसैगरी विभागीय टोली आर्मीले १३ खेलबाट १५ अंक बटुलेको छ । दोस्रो चरणमा एउटा खेल जित्न नसकेको आयोजकको १३ खेलमा ८ अंक छ ।

March 23, 2025

प्रिन्स राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

Success

Thank you for your time.