1 year ago
October 1, 2023
सुबास हुमागाईं, हाङ्गचौ
एसियाली खेलकुदको १९ औं संस्करण औपचरिक रुपमा सुरु भएको नवौं दिन आइपुग्दा नेपालले हालसम्म कुनै पदक जित्न सकेको छैन । एकपछि अर्को खेल सकिंदा नेपालले जितकै लागि पनि संघर्ष गर्नुपरेको छ ।
पदक आशा गरिएका परम्परागत स्रोत तेक्वान्दो र बक्सिङ यसपटक पुन: खाली हात फर्कंदा नेपालको पदक सम्भावना पातलिएको हो । तर सोमबारदेखि सुरु हुने कबड्डीमा भने नेपालले पदक जित्ने सम्भावना देखिएको छ ।
सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बंगलादेश एकै समूहमा परेका छन् । समूह बी अन्तर्गत सोमबार विहान नेपालले बंगलादेशको सामना गर्दैछ । उक्त खेल जितेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।
समूहमा रहेको अर्को टोली इरान लगातार स्वर्ण जित्ने सुरमा छ र निकै बलियो छ । तर बंगलादेश र नेपाल केही तल्लो स्तरको टोली रहेकाले यी दुईको खेल जित्नेले समूह उपविजेता बन्दै सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।
कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुने समिकरण छ । अन्तिम चारमा पराजित हुने दुवै टोली स्वत: तेस्रो हुने कारण नेपालले बंगलादेशलाई हराए कम्तिमा कास्य पदक पक्का हुने देखिएको हो । तर बंगलादेशलाई हराउन नेपाललाई सहज भने छैन ।
सन् २०१९ मा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६-२५ ले हराएको थियो । नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो । तर बंगलादेशको एसियाली खेलकुदमा कबड्डी इतिहास राम्रो छ । महिला टोलीले सन् २०१४ इन्चोन र २०१० ग्वान्झाउमा कास्य जितेको इतिहास छ ।
हालसम्म १९ औं एसियाली खेलकुदमा सहभागी ४५ मध्य ३६ खेलले पदक जितिसकेका छन् । नेपालसहित ९ राष्ट्र पदकविहिन रहेका छन् । नेपालको पुरुष क्रिकेट टोली क्वाटरफाइनलमा पुग्दा आशा गरिएको कराते अझै सुरु भएको छैन । हाललाई भने पदकको आशा कबड्डीमा अडेको छ ।
मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले एसियाली खेलकुदका लागि चीन आउनुअघि एक महिना भारतमा रहेर प्रशिक्षण गरेको थियो । नेपालमा प्रशिक्षण गर्न स्तरीय स्थान उपलब्ध नहुँदा टोलीको तयारीमा भने असर पुगेको थियो । टोलीको तयारीमा प्रशिक्षकको भूमिकामा पार्वती राई र विष्णु दत्त भट्ट रहेका थिए ।
नेपाली टोली :
मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]