default_image

1 year ago

October 1, 2023

माल्दिभ्सविरुद्ध नेपालको मध्यम ब्याटिङ

1238 views

0 Bookmark

(हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाएको छ । रोहित पौडेल ४ र गुलशन ८ रनमा क्रिजमा छन् ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ८ बलमा १ चौकासहित ६ रनमा गुमाएको थियो । आसिफ तीव्र गतिका बलर नासिर नाइल इस्मालको बलमा कभरमा सट खेल्ने धुनमा फरिद शिउसबाट क्याच आउट भएका थिए । पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले २.३ ओभरमा २० रनको साझेदारी गरेका थिए ।

कुशलले छैटौं ओभरको चौथो बलमा ब्यक्तिगत ३१ रनमा जीवनदान पाएका थिए । विनोद भण्डारीसँग तालमेल नमिल्दा रन आउट हुनबाट बचेका थिए । कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए ।

एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका छन् । उनी तीव्र गतिका बलर बदिउ इस्माइल नवाजको बलमा ठूलो सट खेल्ने धुनमा मिउभान मोहम्मदबाट क्याच आउट भएका थिए ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.