2 years ago
September 29, 2023
सुबास हुमागाईं, हाङ्गचौ
१९ अौं एसियाली खेलकुद अन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको समूह सी मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनल चरणमा स्थान बनाउन सफल भएको हो । नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढेको हो ।
नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि त्यसलाई निरन्तर कायम राख्यो । वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा स्थान बनाएको प्यालेस्टाइनबाट त्यसपछि चुनौति अपेक्षा गरेपनि नेपालले लगातार समय अन्तर बढाएको थियो ।
यस समूहबाट तेस्रो र चौथो भएका प्यालेस्टाइन र साउदी अरब भने बाहिरिएका छन् । अब नेपालले शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनलमा दुवै समूह खेल भोली हुनेछ । यद्यपि समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई हासिल गरे नेपाल फाइनल पुग्दै पदकको सम्भावना हुनेछ ।
नेपालले एकपछि अर्काे खेलमा पराजय भोग्दै गर्दा पदकको आशा गरिएको पब्जीले भने लगातार दोस्रो पटक अर्को चरणको यात्रा तय गरेको छ । नेपालबाट कप्तान सुविन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई खेलाडी रहेका छन् । भिक्टर पौडेल टोलीमा व्यवस्थापक रहेका छन् ।
व्यवस्थापक पौडेलले कमजोर तयारीका बाबजुद टोलीले निकै राम्रो नतिजा ल्याइरहेको बताए । ‘हाम्रो तयारी कमजोर भएपनि यहाँ आएपछि टोलीले नियमित प्रशिक्षण र खेलका कारण राम्रो सुधार गरेको छ । अब आउने चरणमा उत्कृष्ट प्रतिद्वन्द्वी छन् । हामी सेमिफाइनल पार गर्न सक्दो प्रयास गर्नेछौं,’ उनले भने ।
कप्तान सुविन महर्जनले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्दै अघि बढ्न सक्दा खुसी व्यक्त गरे । ‘आज खेल सहज थिएन । तर पहिलो चरणबाट अग्रता बनाइरहन सक्यौं । अब अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन्,’ उनले भने ।
महर्जनले पदकको आशा राखेकाले सेमिफाइनल पार गर्न केही दवाव भने रहेको स्वीकारे ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]