1 year ago
September 26, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – इरानको पुरुष राष्ट्रिय भलिबल टोलीले १९ औं एसियाली खेलकुदमा स्वर्ण पदक जितेको छ । घरेलु टोली चीनलाई स्तब्ध पार्दै गत संस्करणको विजेता इरान यसपटक पनि च्याम्पियन बन्न सफल भयो ।
हाङ्गचौस्थित लिनपिङ्ग स्पोर्ट्स सेन्टरमा भएको फाइनल खेलको पहिलो सेट चीनले जितेपनि इरानले त्यसपछि पुनरागमन गर्दै ३-१ को जित हासिल गर्यो । तेस्रो स्थानको लागि भएको खेलमा जापानले कतारलाई हराएको हो ।
चीनले पहिलो सेट २५-१९ ले जित्दै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । इरानले त्यसपछि २५-१४ ले दोस्रो सेट सहज रुपमा आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेटमा २५-२२ को जितसँगै २-१ ले अघि बढेको इरानले तेस्रो सेट २६-२४ ले जित्यो ।
इरानले नेपाललाई समूह चरणमा हराउँदै समूह विजेताको रुपमा अघि बढेको थियो । tयसपछि स्वर्ण यात्रामा इरानले थाईल्याण्ड र त्यसपछि कतारलाई सेमिफाइनलमा हराएको थियो । जापान भने चीन सँग सेमिफाइनलमा रोकिएको थियो ।
महिलातर्फ भलिबल खेल शनिबारबाट सुरु हुनेछ । नेपाली टोली प्रतियोगिताका लागि बुधबार नेपालबाट चीनतर्फ प्रस्थान गर्दैछ । महिला टोलीले शनिबार भिएतनाम र सोमबार दक्षिण कोरियासँग खेल्नेछ । त्यसपछि टोलीले स्थानको अनुसार थप खेल खेल्नेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]