1 year ago
September 23, 2023
सुबास हुमागाईं, हाङ्गचौ
हाङ्गचौस्थित ओलम्पिक रंगशालामा झन्डै १ घण्टा चलेको अधिकारिक कार्यक्रम र २५ मिनेट लामो विविध प्रदर्शनीले चीन विश्व खेलकुद मात्र नभएर प्रविधि र प्रस्तुतिमा कुन स्तरमा छ भन्ने पुष्टि गरेको छ ।
वातावरणमा हुने असरलाई ध्यानमा राख्दै यसपटक उद्घाटन समारोहमा कुनै किसिमको आतिशबाजी भएन । प्रविधि र खेलकुदको मर्मलाई एकसाथ प्रस्तुत गर्ने प्रयासमा आयोजक समिति सफल भयो । उद्घाटन समरोहमा देखाइएको प्रस्तुतिमा पटक पटक एसियाली राष्ट्रहरु एक भएर जानुपर्ने संदेश दिइएको थियो ।
चीनका राष्ट्रपति सी जिन पिङले विधिवत उद्घाटन गर्नुअघि मार्च पास, खेलाडी र रेफ्रीको सपथ, ओलम्पिक फ्लेम प्रज्वलत लगाएत प्रक्रिया पनि विशेष रुपमा प्रस्तुत गरिएको थियो । मार्च पासमा नेपालको झन्डा उसुकी निमा घर्ती मगर र तेक्वान्दोका वीर बहादुर महराले बोकेका थिए । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि समारोहमा सहभागी भएका थिए ।
उद्घाटन समारोह अघि नै पुरुष भलिबल र टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती सकिएको छ । दुवै खेलमा समूह चरणका दुवै खेल हार्दै नेपाल बाहिरिएको थियो । आइतबार नेपालले उसु, जुडो, तेक्वान्दो, रग्बी सेभेन्स, बक्सिङ, पौडी, ई-स्पोर्ट्स र टेनिसमा प्रतिस्पर्धा गर्नेछ ।
नेपालका २९ खेलका २ सय ५३ खेलाडीले यसपटक एसियाली खेलकुदमा चुनौती पेश गर्नेछन् । नेपाल सन् १९८६ यता एसियाली खेलकुदमा कम्तिमा १ पदक जितेको इतिहास छ । एसियाडमा यसपटक ४५ देशका १२ हजार ५ सय बढी खेलाडी प्रतिस्पर्धा गर्दैछन् ।
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]