1 year ago
September 23, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् ।
शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो । दुवै खेलमा नेपाल ३-० ले पराजित भएको हो ।
महिलातर्फ पहिलो खेलमा सिक्क सुवाल दिया पराग चितालेसँग ११-१, ११-६, ११-८ ले पराजित भएकी थिइन् । त्यसपछि नविता श्रेष्ठले यहिका मुखर्जीसँग ११-३, ११-७, ११-२ को हार बेहोरिन् । तेस्रो खेलमा इभान थापा मगर सुतिर्था मुखर्जीसँग ११-१, ११-५, ११-२ ले हारेपछि नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
महिला टोली यसअघि शुक्रबार सिंगापुरसँग पनि ३-० ले नै पराजित भएको थियो । यस समूहमा भारतले दुवै खेल जित्दै समूह विजेता बनेको छ । शुक्रबार भारतले सिंगापुरलाई ३-२ ले हराएको थियो ।
यता पुरुषतर्फ पनि नेपाल समूह बीको पुछारमा रहेर बाहिरियो । शुक्रबार जापानसँग हारेको नेपालले उत्तर कोरियाविरुद्ध पनि कुनै खेल जित्न सकेन ।
पहिलो खेलमा हाम युसोङले संयोग कपालीलाई ११-७, ११-४, ११-५ ले हराए । दोस्रो खेलमा रुविन महर्जन जिसोङ आङसँग ११-२, ११-६, ११-२ ले पराजित भए । विलोश श्रेष्ठले जोङसिक रीसँग ११-८, ११-२, ११-३ को हार बेहोरेपछि नेपालको चुनौती समाप्त भएको थियो ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]