default_image

1 year ago

September 22, 2023

टेबल टेनिसमा हार, रुविनले जापानी खेलाडीविरुद्ध‌ सेट जिते

2797 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अ‍ौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ ।

पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर पनि हो ।

पहिलो सेट ११-६ ले जितेका रुविन त्यसपछि भने ११-२, ११-३ र ११-५ ले पराजित भए । संयोग कपालीले माहारु योशीमुरासँग ११-७, ११-३ र ११-७ को हार बेहोरे । विलोश श्रेष्ठले सुन्सुके तोगामीसँग ११-६, ११-३र ११-३ को पराजय भोगेपछि नेपालको हार‌ पक्का भएको थियो ।

हान्झाउस्थित गोङ्सु क्यानल जिम्नेजियममा नेपालको महिला टोली सिंगापुरसँग ३-० ले पराजित भयो । पहिलो खेलमा नेपाल नम्बर १ नविता श्रेष्ठ जिंगी झोउसँग ११-४, ११-३ र ११-४ को अन्तरमा पराजित भइन् ।

दोस्रो खेलमा सिक्का सुवाल जियान जेंगसँग ११-१, ११-२ र ११-४ को हार बेहोर्न पुगिन् । तेस्रो खेलमा इभाना थापा मगर ११-३ , ११-७ र ११-४ ले पराजित भएपछि नेपालले खेल सुम्पिएको थियो ।

नेपालले अब समूह चरणमा शनिबार विहान महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियाको सामना गर्नेछ ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.