1 year ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ए आफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा दोस्रो दिन बिहीबार क्लब इन्टरनेसनलले एनएसआरए टिम बी लाई तीनै खेलमा पराजित गर्यो । सातदोबाटोस्थित स्क्वास हलमा क्लब इन्टरनेसनलका इटालीका रेन्जो एन्डोर्नोले पछिल्लो एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका राजेन्द्र शाक्यलाई सीधा सेटमा ३–० हराएका थिए । रेन्जो होङजाउ एसियाडमा प्रतिनिधित्व गर्ने नेपाली स्क्वास टिमलाई प्रशिक्षण दिन नेपाल आउनुभएका प्रशिक्षक हुन् ।
‘क्वालिफाइड लेभल टु’ प्रशिक्षक रेन्जोले गत जेठ महिनामा पनि नेपाली राष्ट्रिय स्क्वास टिमलाई एक महिना प्रशिक्षण दिएका थिए । क्लब इन्टरनेसनलाई जित दिलाउन अन्य खेलमा अस्ट्रेलियाका इशाक बेल हर्बर्टले प्रवीणवीर सिंह कंसाकारर्लाइ ३–१ र धिर पुनले प्रज्वल प्रधानलाई ३–० ले हराए । क्लब इन्टरनेसनलको दुई खेलबाट आठ अङ्क बनाएर समूह बीमा अग्रस्थान छ। एनएसआरए बी दोस्रो स्थानमा छ ।
आयोजक एनएसआरए टिम एले समूह एमा शीर्ष स्थान बनाउने क्रममा आप्mनो दोस्रो खेलमा एनएसआरए टिम सीलाई तीनै खेलमा हरायो । दिपक थापाले पासाङ लामा र दिव्यराज वज्राचार्यले राकेश परियारलाई ३–० र उमित शाक्यले विकास मगरलाई ३–१ ले निराश बनाए ।
अन्य स्पर्धामा ब्रिटिस आर्मी एले ब्रिटिस आर्मी सीलाई २–१ ले पराजित गर्यो । सुनील रानाले शेरजङग थापालाई ३–० ले हराएर ब्रिटिस आर्मी एलाई अगाडि थियो । तर शंकर रगुरुङले श्याम तामाङलाई ३–२ सेटमा हराएर स्कोर १–१ मा ल्याए । त्यसपछि निर्णायक खेलमा सविना गुरुङलाई केशर मगरमाथि ३–२ को कगिठन जित निकालेर ब्रिटिस आर्मी एलाई जित दिलाए ।
समूह बीमा ब्रिटिस आर्मी बीले ट्रेलिङ स्पाउजलाई तीनै खेलमा हरायो । ज्याकब क्लार्कले ल्युक सयर, जिम डोइगले माइक रान्डल र दिलिप राईले डेभिड थोम्सनलाई समान ३–० ले सोझो सेटमा पराजित गरे ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]