default_image

12 months ago

September 17, 2023

श्रींलका ५० रनमा अल आउट

3176 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मोहम्मद शिराजले घातक बलिङ गरेपछि घरेलु टोली श्रीलंकाले एसिया कप २०२३ फाइनलमा भारतलाई ५१ रनको झिनो लक्ष्य दिएको छ ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भयो । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो ।

श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए ।

एक समय ५.४ ओभरमा १२-६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए । कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भए । शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए । कुशल आउट भएसँगै श्रीलंको झिनो आशा समाप्त भएको थियो ।

श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पुरै खेलमा हाबी बनेको थियो । चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भए । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भए ।

ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि संकटमा पुर्याए । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए । दुनिथ हार्दिक पान्ड्याको बाउन्सर बलमा एज लागेर राहुलबाट समातिन पुगेका थिए ।

दुशान हेमान्था १५ बलमा १ चौकासहित १३ रनमा नटआउट रहे । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य पाँच खेलाडीले खाता खोल्न सकेनन् ।

भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए । हार्दिक पान्ड्याले २.२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १ विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.