2 years ago
September 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर श्याम तामाङले टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक जितेका छन् ।
मुस्ताङ गल्फ कोर्समा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित उपाधि रक्षा गरे । उनले १८ अंक जोडेका लिलाजङ्ग गुरूङलाई पछि पारेका हुन् । तामाङले गत वर्ष कोर्षको उद्घाटन गरिएको प्रतियोगितामा पनि उपाधि जितेका थिए ।
ग्रसतर्फ रविन रानाले काउन्टब्याकमा उपाधि जिते । उनी ११ अंकमा याम राणा र पीबी राईसंग बराबरी भएपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको थियो।
महिलातर्फ जुनी गुरूङले उपाधि जितिन् । उपाधि जित्ने क्रममा जुनीले १५ अंक जोडिन । उनले १३ अंक जोडेकी सुष्मा सिंहलाई पछि पार्दै उपाधि जितिन् । सिनितरतर्फ १६ अंक सहित बलराम थापा पहिलो भए ।
प्रतियोगिताको क्लोजेस्ट टु दी पिनको उपाधि मेजर विजय मोक्तान, लंगेस्ट ड्राइभको उपाधि माधव सिम्खडा र मोस्ट बर्डिजको उपाधि आत्मराम सिम्खडाले जिते ।
४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा ४ महिला सहित २८ गल्फरको सहभागिता रहेको थियो । विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गीनीज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्ने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए ।
उनले गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फ पर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीलाई समेत टेवा पुग्ने जिकिर गरे । गत वर्ष यो गल्फ कोर्सको उदघाटन भएको हो ।
मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्ले अर्चिर्डको सहयोगमा सम्पन्न भएको हो ।
विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी विष्ट, प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्र कुमार कार्की, लो-घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङ छोम्पेल बिष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गरे ।
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]