default_image

1 year ago

September 11, 2023

भारत विशाल योगफलतर्फ अघि बढ्दै

2018 views

0 Bookmark

एजेन्सी – विराट कोहली र लोकेश राहुलको साझेदारी जमेपछि भारत एसिया कपको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ । श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ३४ ओभरमा २ विकेट गुमाउँदै २ सय ११ रन बनाएको छ ।

भारतका विराट कोहली ४२ बलमा ३ चौकासहित ३८ रनमा क्रिजमा छन् । लोकेश राहुल ६१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा क्रिजमा छन् । तेस्रो विकेटका लागि कोहली र राहुलबीचको साझेदारी ९७ बलमा ८८ रन भई सकेको छ ।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले आज बलिङ गर्ने छैनन् ।

पेटको साइडको मांशपेशीमा दुखाईपछि उनी आज मैदान उत्रे छैनन् । त्यसैले गर्दा पाकिस्तानको बलिङ केहि कमजोर बनेको छ । आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । पहिलो दिन कोहली ८ र राहुल १७ रनमा नटआउट थिए ।

भारतलाई पहिलो दिननै ओपनर रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १६.४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए ।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भएका थिए । गिल शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए ।

समूह चरणमा भारत र पाकिस्तानबीचको खेल पनि बर्षाकै कारण रद्द भएको थियो । भारत पाकिस्तानसँग उक्त खेलमा २ सय ६६ रनमा अल आउट भएको थियो । सुपर फोरमा भारतको यो पहिलो खेल हो । पाकिस्तानले भने सुपर फोरमा बंगलादेशलाई ७ विकेटले हराएको थियो ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.