1 year ago
September 10, 2023
एजेन्सी – भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले सुरुवाती १४ ओभरमा कुनैपनि विकेट नगुमाई १ सय १५ रन बनाएको छ ।
भारतका रोहित शर्मा ४६ बलमा ६ चौका र ४ छक्कासहित ५५ रनमा नटआउट छन् । शुभमन गिल ४४ बलमा १० चौकासहित ५३ रनमा क्रिजमा छन् ।
गिलले खाता नखोल्दै जीवनदान पाएका थिए । नसिम शाहको दोस्रो ओभरको पहिलो बलमा थर्डम्यानमा शाहिन शाह अफ्रिदीले गिलको क्याच लिन चुकेका थिए ।
भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । जस्प्रित बुमराह र लोकेश राहुल टोलीमा फर्किदा मोहम्मद शामी र श्रेयस ऐर बेन्चमा छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]