default_image

12 months ago

September 10, 2023

पाकिस्तानविरुद्ध भारतको सानदार सुरुवात

974 views

0 Bookmark

एजेन्सी – भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध ब्याटिङमा सानदार सुरुवात गरेको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले सुरुवाती १० ओभरमा कुनै विकेट ६१ रन बनाएकोछ ।

भारतका ओपनर शुभमन गिल ३० बलमा ९ चौकासहित ४१ रनमा नटआउट छन् । कप्तान रोहित शर्मा ३० बलमा ३ चौका र १ छक्कासहित १८ रनमा नटआउट छन् ।

गिलले खाता नखोल्दै जीवनदान पाएका थिए । नसिम शाहको दोस्रो ओभरको पहिलो बलमा थर्डम्यानमा शाहिन शाह अफ्रिदीले गिलको क्याच लिन चुकेका थिए । त्यसपछि भने गिल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । जस्प्रित बुमराह र लोकेश राहुल टोलीमा फर्किदा मोहम्मद शामी र श्रेयस ऐर बेन्चमा छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

झमेल रक्सको दशै फुटसल‌ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल‌ प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा‌ असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]

Success

Thank you for your time.