default_image

1 year ago

September 4, 2023

भारतविरुद्ध नेपालको सानदार सुरुवात

676 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध सानदार सुरुवात गरेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाई ३४ रन बनाएको छ ।


कुशल भुर्तेल १७ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा छन् । आसिफ शेख २५ बलमा १ चौकासहित ८ रनमा क्रिजमा छन् ।

त्यसअघि नेपालका ओपनरले तीन जीवनदान पाई सकेका छन् । कुशल भुर्तेलले दुई र आसिफले एक जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर फस्ट स्लिपमा जादा श्रेयस ऐरले कुशल भुर्तेललाई ब्यक्तिगत एक रनमा जीवनदान दिएका थिए ।

दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिएका थिए । कभरमा प्रहार गरेको सर्ट विराट कोहलीले सर्ट कभरमा जीवनदान दिन पुगेका थिए ।

शामीको पाँचौं ओभरको दोस्रो बलमा लेग साइडमा खेलेको बल विकेटकिपर ईशान किशनले पुन छाड्न पुगेका थिए । कुशलले दोस्रो जीवनदान ब्यक्तिगत ७ रनमा पाएका थिए ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.