1 year ago
September 2, 2023
एजेन्सी – भारतका विकेटकिपर ईशान किशन एसिया कपमा पाकिस्तानविरुद्ध शतक नजिक पुगेर आउट भएका छन् । खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन उत्कृष्ट ब्याटिङ गरेका किशन ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनमा आउट भए ।
ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३९ ओभरमा ५ विकेट गुमाउँदै २ सय ९ रन बनाएको छ ।
हार्दिक पान्ड्या ६८ र रविन्द्र जडेजा १ रनमा क्रिजमा छन् । एक समय १४.१ ओभरमा ६६.४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन ।
प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो । त्यो अवस्थाबाट पाकिस्तानको मध्यक्रम बलिङ कमजोरीको फाइदा उठाउँदै खेलमा पूनरागमन गर्यो । पाकिस्तानका स्पिनरले राम्रो प्रदर्शन गर्न नसक्दा भारतले खेलमा पूनरागमन गरेको हो ।
भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]